२८ असार २०८३, आइतबार

दक्षिण सुडानमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली

असोज २१, २०८२
काठमाडौं
दक्षिण सुडानमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा तैनाथ श्रीनाथ गण (शान्ति सेना) १४ औं डफ्फालाई बदली गर्नको लागि नयाँ गोरख गण (शान्ति सेना) १५ औं डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

१५ औं डफ्फाका १७५ जना शान्ति सैनिकहरू आज त्यसतर्फ प्रस्थान गरेका हुन् । 

त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू असोज २० गते स्वदेश फिर्ता भएका छन् ।

हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७५७ जना शान्ति सैनिकहरू कार्यरत रहेका नेपाली सेनाले जनाएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्