२६ असार २०८३, शुक्रबार

गण्डकीका मुख्यमन्त्री पाण्डेको घरमा आगजनी गरेको आरोपमा १ जना पक्राउ

असोज २१, २०८२
पाेखरा
गण्डकीका मुख्यमन्त्री पाण्डेको घरमा आगजनी गरेको आरोपमा १ जना पक्राउ

गत असोज १२ गते राति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  रुपन्देहीको तिलोत्तमा नगरपालिका– ४ घर भई हाल पोखरा– ७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापा छन् । 

आगजनीपछि फरार भएका उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनले नेपाल राष्ट्र बैङ्कको पर्खाल छेउमा रहेको एनआईएमबी बैङ्कको ‘एटीएम मशिन’को ‘स्क्रिन’मा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्