
नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका प्रमुख सुधन गुरुङविरुद्ध उजुरी दिने भएका छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार आजै उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिन लागिएको हो ।
‘जेनजी प्रदर्शनलाई उकास्ने र सिंहदरबार आगो लगाउन उकास्ने बालेन साह र आन्दोलनको नेतृत्व गर्ने सुधनविरुद्ध हामीले उजुरी दिन लागेका हौं, प्रहरीमा जाँदैछौं,’ धामीले लोकान्तरसँग भने ।
मंगलबार दिउँसो अनेरास्ववियुका महासचिव धामी, पूर्वअध्यक्ष समिक बडालसहितका नेताहरू परिसर पुगेका छन् ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।
भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो।
यी घटनामा मेयर साह र सुधनको भूमिका रहेको दाबीसहित उजुरी दिन लागेको धामीले बताए ।