२६ असार २०८३, शुक्रबार

बालेन साह र सुधनविरुद्ध उजुरी दिँदै अनेरास्ववियु

असोज २१, २०८२
काठमाडौं
बालेन साह र सुधनविरुद्ध उजुरी दिँदै अनेरास्ववियु

नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका प्रमुख सुधन गुरुङविरुद्ध उजुरी दिने भएका छ ।

अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार आजै उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिन लागिएको हो ।

‘जेनजी प्रदर्शनलाई उकास्ने र सिंहदरबार आगो लगाउन उकास्ने बालेन साह र आन्दोलनको नेतृत्व गर्ने सुधनविरुद्ध हामीले उजुरी दिन लागेका हौं, प्रहरीमा जाँदैछौं,’ धामीले लोकान्तरसँग भने ।

मंगलबार दिउँसो अनेरास्ववियुका महासचिव धामी, पूर्वअध्यक्ष समिक बडालसहितका नेताहरू परिसर पुगेका छन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।

भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो।

यी घटनामा मेयर साह र सुधनको भूमिका रहेको दाबीसहित उजुरी दिन लागेको धामीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्