
नेकपा (एमाले) निकट अनेरास्ववियु काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र हामी नेपालका प्रमुख सुधन गुरुङविरुद्ध जाहेरी बोकेर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।
अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र महासचिव दीपक धामी बालेन र सुधनविरुद्ध जाहेरी लिएर भद्रकालीस्थित प्रहरी परिसर पुगेका हुन् ।
‘जेनजी प्रदर्शनलाई उकास्ने र सिंहदरबार आगो लगाउन उकास्ने बालेन र आन्दोलनको नेतृत्व गर्ने सुधनविरुद्ध हामीले उजुरी दिन लागेका हौं’, धामीले लोकान्तरसँग भने ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । त्यसक्रममा २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो ।
यी घटनामा मेयर बालेन र सुधनको भूमिका रहेको दाबीसहित अखिल जाहेरी लिएर प्रहरीको पुगेको हो ।