
मधेश प्रदेश सरकारले मधेशी प्रतिष्ठानसँगको समन्वयमा मधेश आन्दोलनका क्रममा शहीद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बीमा गर्न बाँकी छ ।
मधेश र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बीमा गर्ने प्रतिष्ठानको लक्ष्य छ ।
शहीद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत तीन हजार ५०० रुपैयाँ बीमा शुल्क प्रदान गर्दै आएको छ ।