२९ असार २०८३, सोमबार

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

असोज २२, २०८२
सुनसरी
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
फाइल फोटो

सुनसरीमा ​जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

कोशी गाउँपालिका- १ लौकहीस्थित गोदाम घरमा जुवातास खेलिरहेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका- १ बस्ने ५२ वर्षीय रमानन्द महतोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्