२६ असार २०८३, शुक्रबार

१० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने सिद्धार्थ बैंकको प्रस्ताव

असोज २२, २०८२
काठमाडौं
१० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने सिद्धार्थ बैंकको प्रस्ताव
फाइल फोटो

सिद्धार्थ बैंकले १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।​

२०८२ असोज २१ गते बसेको बैंक सञ्चालक समितिको ४६१औं बैठकले आर्थिक वर्ष (आव) २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।​

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८०  हजार १९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।

यस्तै, बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु ३ अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको छ । यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २८ करोड अर्थात् ९.३०५ को वृद्धि हो ।

यसैगरी, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८३ करोड कायम रहेको छ ।

खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचन आएको देखिएको र त्यसको मुख्य कारण आव २०८१/८२ को खुद मुनाफाबाट १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गर्नु रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

salt training

कमेन्ट गर्नुहोस्