३० जेठ २०८३, शनिबार
लिची बगैँचा जग्गा प्रकरण

बिचौलियासँग नियमित सम्पर्कमा थिए मन्त्री, क्वार्टरमै भएको थियो घुस डिल !

गुप्ता र श्रेष्ठ जग्गा हेर्न पुगेका थिए पोखरा
असोज २२, २०८२
काठमाडौं
बिचौलियासँग नियमित सम्पर्कमा थिए मन्त्री, क्वार्टरमै भएको थियो घुस डिल !

पोखराको लिची बगैँचा जग्गा प्रकरणका प्रतिवादीहरू तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वभूमि सुधारमन्त्री रन्जिता श्रेष्ठ, पोखराका मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलियाद्वय सुजनकुमार तामाङ र खमबहादुर पुनबीच पटक-पटक फोन सम्वाद भएको पाइएको छ ।

अनुसन्धानका क्रममा रञ्जिताले रामचन्द्रलाई २ वटा नम्बरबाट ४८ पटक कल गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार रामचन्द्रले पनि रञ्जितालाई ४८ पटक नै कल गरेको पाइएको छ ।

तत्कालीन समयमा रञ्जिताले आफू यो मामिलामा संलग्न नरहेको बताएकी थिइन् । तर मालपोत अधिकृत रामचन्द्रसँगै तत्कालीन मन्त्री गुप्ता, बिचौलिया सुजन लामा र खमबहादुर पुनसँग पनि उनको पटक-पटक फोन सम्वाद भएको आयोगको अनुसन्धानबाट खुलेको छ । 

आयोगले बुधबार विशेष अदालतमा दायर गरेको अभियोग पत्रअनुसार बिचौलिया खमबहादुरसँग रञ्जिताको ८ कल र खमबहादुरले रञ्जितालाई १४ कल गरेको देखिन्छ । त्यस्तै गुप्तासँग रञ्जिताको ६१ कल र रञ्जितालाई गुप्ताले ६५ पटक फोन गरेको देखिएको छ ।

त्यस्तै सुजनसँग गुप्ताको १७ पटक फोनमा कुरा भएको खुलेको छ । त्यसमा गुप्ताले सुजनलाई चार पटक फोन गरेको पाइएको छ । 

आयोगका अनुसार पोखराका मालपोत अधिकृत रामचन्द्रलाई थमौती गर्न मुख्य बिचौलियाको भूमिका खमबहादुरले गरेका थिए । उनी र रामचन्द्रबीच ४० पटक फोन संवाद भएको थियो । जसमा खमबहादुरले रामचन्द्रलाई २३ पटक र रामचन्द्रले खमबहादुरलाई १७ पटक फोन गरेका आयोगको अनुसन्धानले देखाएको छ ।

यस्तै, बिचौलिया सुजनले रञ्जितालाई ५२ पटक कल गरेका थिए भने रञ्जिताले सुजनलाई ६८ पटक फोन गरेको पाइएको आयोगले जनाएको छ ।​ 

आयोगका अनुसार पोखराका मालपोत अधिकृत रामचन्द्रलाई थमौती गर्न मुख्य बिचौलियाको भूमिका खमबहादुरले गरेका थिए । उनी र रामचन्द्रबीच ४० पटक फोन संवाद भएको थियो । जसमा खमबहादुरले रामचन्द्रलाई २३ पटक र रामचन्द्रले खमबहादुरलाई १७ पटक फोन गरेका आयोगको अनुसन्धानले देखाएको छ ।

घुस लेनदेनका लागि बैंकमा एक करोड जम्मा गरेकी यामकुमारी गुरुङको खमबहादुर र सुजनसँग पटकपटक फोन संवाद भएको थियो । अर्का बिचौलिया तुल्सीराम बुढामगरसँग सुजनको पटक-पटक फोन संवाद भएको पाइएको आयोगले जनाएको छ ।

आयोगको अनुसन्धानअनुसार सुजनले खमबहादुरलाई ११६ पटक र खमबहादुरले सुजनलाई पनि ११६ पटक नै फोन संवाद गरेको तथ्य खुलेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार गत पुस २८ गते साँझ प्रतिवादीहरू सुजन, राजकुमार, रन्जिता, खमबहादुर मन्त्री निवास भैँसेपाटीमा रहेका थिए । सोही दिन मालपोत अधिकृत रामचन्द्र पनि काठमाडौं आएको खुलेको छ ।

त्यस्तै पुस २९ गते पनि मन्त्री गुप्तालाई भैँसेपाटीस्थित मन्त्री निवासमा सुजन र अन्य प्रतिवादीहरूले भेटेका आयोगले जनाएको छ । 

भेटमा सुजनले चिरञ्जीवी पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट अन्य मन्त्रालय वा मातहतमा सरुवा गराई रामचन्द्रलाई मालपोत कार्यालय कास्कीमा सरुवा थमौती गर्न ५३ लाख र खमबहादुरलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष पदमा नियुक्त गराइदिए बापत २५ लाख रुपैयाँ घुस दिने सहमति भएको खुलेको आयोगले जनाएको छ ।

यस्तै, लिची बगैँचा हेर्न मन्त्री गुप्ता, रन्जिता र सुजन सँगै पोखरा गएका आयोगको विज्ञप्तिमा उल्लेख छ ।

तर, कार्य सम्पन्न हुनु अघि नै रामचन्द्रको सरुवा भएपछि उनको थमौतीका लागि मन्त्री गुप्ता र श्रेष्ठलाई उनीहरूले घुस दिएको खुलेको छ ।

घुस रकम भने उक्त जग्गासम्बन्धी करार सम्झौता भएपछि सुजनले चलाउने गरी गरिमा विकास बैंकमा यामकुमारी गुरुङको नाममा खोलिएको खातामा तुल्सीराम बुढाले गत जेठ २९ गते जम्मा गरेका थिए । उनले जेठ २९ मा एक करोड र जेठ ३२ गते ७५ लाख रुपैयाँ जम्मा गरिदिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा– १६ रहेको भनिएको नक्सा नम्बर २५, २६ र २८ जग्गाको सम्बन्धमा प्रतिवादीहरू सुजन, यामकुमारी र तुल्सीराम बुढाको मिलेमतो तथा योजनामा बदनियत राखी दुर्गादेवी शाहको हकवालाको नाममा आउने एकमुस्ट जग्गाको ४० प्रतिशत आफू समेतले लाभ प्राप्त गर्न गराउन करार (सम्झौता) तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्रको मुख्य भूमिका रहेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

तर, कार्य सम्पन्न हुनु अघि नै रामचन्द्रको सरुवा भएपछि उनको थमौतीका लागि मन्त्री गुप्ता र श्रेष्ठलाई उनीहरूले घुस दिएको खुलेको छ ।

आयोगले बुधबार राजकुमार र रञ्जितालगायत ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

null

 

यो पनि पढ्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्