३२ असार २०८३, बिहीबार

प्रहरीले अखिलको जाहेरी केरमेट भएको बताएपछि फेरि परिसर पुगे विद्यार्थी नेता

असोज २२, २०८२
काठमाडौं
प्रहरीले अखिलको जाहेरी केरमेट भएको बताएपछि फेरि परिसर पुगे विद्यार्थी नेता
फाइल तस्वीर ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र जेनजी अगुवा सुधन गुरुङ विरुद्धको जाहेरीमा केरमेट भई नबुझिएकाले दर्ता नगरेको जवाफ प्रहरीले दिएपछि अखिलका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

अखिलका पूर्वअध्यक्ष समिक बडालका अनुसार प्रहरीले नबुझिएको बताएपछि अहिले केही नेताहरू छलफलका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् ।  

बालेन र हामी नेपालका संस्थापक सुधनविरुद्ध नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार जाहेरी दिएको थियो । 

बडालसहित अखिलका महासचिव दीपक धामी लगायतले परिसर पुगेर जाहेरी बुझाएका थिए । प्रहरीले जाहेरी दर्ता गर्ने वा नगर्ने जवाफ दिनका लागि २४ घण्टाको समय दिएको थियो ।

बुधबार प्रहरीले जाहेरी केरमेट भएका कारण बुझ्न नसकेको बताएपछि अखिलका नेताहरू फेरि परिसर पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्