
राष्ट्र बैंकले नीतिगत परिवर्तन गरेपछि शेयर बजार हल्ट भएको छ ।
कारोबार शुरू भएको ३ मिनेट नबित्दै नेप्से परिसूचक १०२ अंकले बढेपछि सकारात्मक सर्किट लागेको हो ।
बजारमा ४ प्रतिशतको वृद्धि भएपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
बुधबार राष्ट्र बैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाएको थियो ।
साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरिदिएको थियो ।