२४ असार २०८३, बुधबार

फलामे रड प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

असोज २४, २०८२
काठमाडौं
फलामे रड प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

प्रहरीले काठमाडौंको टोखा नगरपालिका– २ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार उनीहरूले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको र रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई गएराति पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्