२५ असार २०८३, बिहीबार

अनैतिक गतिविधि बढेको गुनासोपछि नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ​

असोज २५, २०८२
बाँके
अनैतिक गतिविधि बढेको गुनासोपछि नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ​

नेपालगञ्जका चार होटल तथा रेस्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ ।

ती होटल तथा रेस्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेस्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए ।

प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ पर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्