३२ असार २०८३, बिहीबार

नेतृत्व परिवर्तनका विषयमा महेश बस्नेतले अगाडि सारे २ विकल्प

असोज २६, २०८२
काठमाडौं
नेतृत्व परिवर्तनका विषयमा महेश बस्नेतले अगाडि सारे २ विकल्प

एमाले नेता महेश बस्नेतले पार्टी नेतृत्वको विषयमा दुई विकल्प अगाडि सारेका छन् । सचिवालयको बैठक बसिरहेका बेला बस्नेतले नेतृत्व फेर्ने बहानामा पार्टीको जग हल्लाउने नभई संगठन बलियो बनाउने र जनतामा गुमेको विश्वासलाई फिर्ता गराउने उचित विकल्पमा जानुपर्ने बताए ।

‘केपी शर्मा ओलीको संयोजनमा वर्तमान कमिटीलाई आयोजक कमिटी बनाएर सदस्य समायोजन गर्ने र यही कमिटीलाई कायम राखी महाधिवेशनको मिति तय गर्ने दुवै विकल्प वैधानिक छन्, तर निर्णय गर्दा समय, मनोबल र जनसन्देश सन्तुलनमा राख्न जरुरी छ,’ बस्नेतले भनेका छन्, ‘गुटबन्दी होइन, हार्दिक एकताको खाँचो छ । एमालेको शक्तिको मूल आधार संगठित एकता हो । विभाजन, खुट्टा तानातान र व्यक्तिगत लाभका एजेन्डाले विगतमा धेरै आन्दोलन कमजोर बनाएका छन् ।’

नेतृत्व परिवर्तनको स्वाभाविक प्रक्रिया भएको भन्दै उनले राजनीतिक दलमा नेतृत्व परिवर्तन कुनै आकस्मिक घटना नभएको बताएका छन् ।

‘यो या त स्वैच्छिक जिम्मेवारी हस्तान्तरणबाट वा दलको महाधिवेशन प्रक्रियाबाट तय हुने संस्थागत अभ्यास हो । एमालेभित्र पनि यही प्रक्रिया सुदृढ रूपले स्थापित छ,’ उनले भने, ‘त्यसैले नेतृत्व परिवर्तनको बहस व्यक्तिगत चाहना होइन, वैधानिक मार्गदर्शन अनुसारको कदम हुनुपर्छ ।’

एमालेमाथि जनताको अपेक्षा अझ बढेको दाबी गर्दै उनले यस्तो बेला नेतृत्व परिवर्तनको बहसले पार्टीभित्र अनावश्यक संशय र अस्थिरता ल्याउने बताएका छन् ।

नेतृत्व फेर्ने बहानामा पार्टीको जग हल्लाउने नभई संगठन बलियो बनाउने र जनतामा गुमेको विश्वासलाई फिर्ता गराउनुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्