
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल आइपुगेका छन् । इजरायली बन्धकहरूको रिहाइ जारी रहँदा ट्रम्प इजरायल पुगेका हुन् ।
ट्रम्पको विमान भर्खरै तेल अभिभको बाहिरी इलाकामा रहेको बेन गुरियन विमानस्थलमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
वाशिंगटनबाट लामो उडानपछि एयर फोर्स वन तेल अभिभ नजिकै बेन गुरियन विमानस्थलमा अवतरण गरेको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उनलाई स्वागत गरेका छन् ।
ट्रम्पलाई इजरायली सरकारको सर्वोच्च नागरिक सम्मान इजरायली राष्ट्रपति पदक सम्मान प्रदान गर्ने छ । यो पुरस्कारले हमासद्वारा बन्धक बनाइएका ४८ जनाको रिहाइ सुरक्षित गर्न ट्रम्पको प्रयासलाई मान्यता दिन्छ।
ट्रम्पले इजरायली संसद्लाई सम्बवधन गर्ने छन् ।