
प्रहरीले सिरहामा स्रोत नखुलेको ८ लाख रकमसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका-१ बनिनियाका ३० वर्षीय राशिन्द्र मण्डल रहेका छन् ।
उनको साथबाट ८ लाख २५ हजार रकम बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०२-०१-००३ प २१०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरीले शंकाका आधारमा चेक गर्दा उक्त रकम फेला परेको हो ।
उनको साथबाट कपाली तमसुक २ थान, आरुष रेमिटेन्सको स्टयाम्प १ थान, विभिन्न बैंकको एटीएम कार्ड ५ थान, विभिन्न बैंकको चेकबुक ५ थान र एउटा मोटरसाइकल बरामद गरिएको सिरहाका डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।