२३ असार २०८३, मंगलबार

इटहरीमा पत्रकारका लागि सेनाको अभिमुखीकरण तालिम

असोज २७, २०८२
काठमाडौं
इटहरीमा पत्रकारका लागि सेनाको अभिमुखीकरण तालिम

नेपाली सेनाको पूर्वीपृतनाको जिम्मेवारी क्षेत्रका जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारका लागि रक्षा संवाददाता अभिमुखीकरण सञ्चालन गरिएको छ ।

पूर्वीपृतना मुख्यालय इटहरीमा आजदेखि शुरू उक्त कार्यक्रममा पृतनापति उपरथी गौरवकुमार केसीले सफलताको शुभकामना व्यक्त गरे ।

चार दिवसीय अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूका बारेमा जानकारी दिइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा विपद्प्रतिकार्य तथा समसामयिक विषयमा अन्तरक्रिया समेत सञ्चालन गरिने जानकारी दिइएको छ ।

यस्ता कार्यक्रमबाट सञ्चारजगत् तथा नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा रहेको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्