२९ असार २०८३, सोमबार

सर्वोच्चको जलेको भवनलाई नमूना इजलाससहितको संग्रहालय बनाइने

असोज २८, २०८२
काठमाडौं
सर्वोच्चको जलेको भवनलाई नमूना इजलाससहितको संग्रहालय बनाइने

भदौ २३ गतेको जेनजी आन्दोलनपछि भदौ २४ गते भएको विध्वंशमा जलेको सर्वोच्च अदालतको भवनलाई संग्रहालय बनाइने भएको छ । काठमाडौंको रामशाहपथस्थित सर्वोच्च परिसरको अगाडिको भवनलाई संग्रहालय बनाउने तयारी भएको हो ।

सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेलले सो ऐतिहासिक भवनमा नमूना इजलाससहितको संग्रहालय बनाउन लागिएको जानकारी दिए । सर्वोच्चको अर्को भवनमा रहेको संग्राहलयलाई त्यहाँ सारिने छ ।

‘जलेको भवनलाई रेक्ट्रोफिट गरेर म्युजिअम बनाउने तयारी गरेका छौं’ पौडेलले मंगलबार सञ्चारकर्मीसँगको भेटमा भने, ‘केही नमूना इजलास पनि रहने छन् ।’

भदौ २४ गतेको प्रदर्शनका क्रममा सर्वोच्चको मुख्य भवन जलेपछि अहिले प्रधानन्यायाधीशसहित न्यायाधीशहरू एनेक्स भवनमा बस्दै आएका छन् । बन्दै गरेको नयाँ भवनमा सर्नेगरी अहिलेको भवनालाई संग्रहालय बनाउने तयारी भएको पौडेलले जानकारी दिए ।

यसैबीच, मंगलबारदेखि सर्वोच्च अदालतमा सबै प्रकारका रिट दर्ता हुन थालेका छन् । भदौ २४ को आन्दोलनपछि बन्दीप्रत्यक्षीकरण बाहेकका रिट दर्ता भएका थिएनन् । 

मंगलबार दिउँसोसम्म प्रतिनिधिसभा विघटनविरुद्ध १० वटा रिट निवेदन दर्ताका लागि आएको सर्वोच्च प्रशासनले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्