०८ साउन २०८३, शुक्रबार

एनआईसी एसिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एन्ड वाटर पार्कमा १५ प्रतिशत छुट

असोज २८, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एन्ड वाटर पार्कमा १५ प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एन्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ ।

समझदारीसँगै यस बैंकका ग्राहकहरूले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।​ 

बैंकका ग्राहकहरूले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट पाउने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार यस सुविधाको उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।​

salt training

कमेन्ट गर्नुहोस्