२२ असार २०८३, सोमबार

चीनद्वारा नयाँ ‘शियान–३१’ उपग्रह सफल प्रक्षेपण

असोज २८, २०८२
काठमाडौं
चीनद्वारा नयाँ ‘शियान–३१’ उपग्रह सफल प्रक्षेपण

चीनले उत्तरपश्चिम चीनको जिउचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

‘शियान–३१’ नामको परीक्षण उपग्रह अक्टोबर १३ गते सोमबार बेलुका ६ः०० बजे (बेइजिङ समय अनुसार) लङ मार्च–२डी  बोक्ने रकेटमार्फत प्रक्षेपण गरिएको थियो । उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश ग¥यो ।

शियान–३१ नामको उपग्रह चीनद्वारा परीक्षणका लागि प्रक्षेपण गरिएको एक प्राविधिक उपग्रह हो, जुन मुख्य रूपमा नयाँ अप्टिकल इमेजिङ प्रविधिहरूको परीक्षण र प्रमाणीकरण गर्न प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च रकेट शृंखलाको ५९९औं उडान मिशन हो ।

salt training

कमेन्ट गर्नुहोस्