२८ असार २०८३, आइतबार

बेलायतले विदेशीहरूका लागि भिसा नियम थप कठोर बनाउने

असोज २९, २०८२
काठमाडौं
बेलायतले विदेशीहरूका लागि भिसा नियम थप कठोर बनाउने

बेलायत सरकारले आप्रवासन नियन्त्रणलाई कडा बनाउँदै विदेशीहरूका लागि भिसा नियमहरूलाई थप कठोर बनाउने घोषणा गरेको छ । 

सदनमा प्रस्तुत गरिएका नयाँ नियमहरूअनुसार अब ‘स्किल्ड वर्क भिसा’का लागि आवेदन दिनेहरूले ए–लेभल (कक्षा १२) बराबरको अंग्रेजी (बी–२ स्तर)बोल्ने, पढ्ने, लेख्ने र बुझ्ने क्षमता प्रमाणित गर्नुपर्नेछ ।

यो ‘सिक्योर इंग्लिस ल्यांग्वेज टेस्ट’ २०२६ जनवरी ८ बाट लागु हुनेछ ।

बेलायत सरकारले ल्याएका यी परिवर्तनहरूले विदेशी विद्यार्थीहरू र विश्वभरका कामदारहरूलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्