१९ असार २०८३, शुक्रबार

बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

असोज २९, २०८२
बाँके
बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

बाँकेमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका- २ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्री छन् । उनलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्