२२ असार २०८३, सोमबार

अर्जुन शाहीसँग भेटियो प्रहरीको परिचयपत्र !

असोज ३०, २०८२
काठमाडौं
अर्जुन शाहीसँग भेटियो प्रहरीको परिचयपत्र !

जेनजीका नाममा विभिन्न सरकारी कार्यालय पुगेर धम्क्याउने अर्जुनबहादुर शाहीसँग प्रहरीको परिचयपत्र भेटिएको छ ।

कुमार शर्मा नाम गरेका प्रहरी सहायक निरीक्षक (असई)को परिचयपत्र शाहीसँग फेला परेको हो । शर्मा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् ।

प्रहरी स्रोतका अनुसार शर्मा प्रहरी निरीक्षकमा नाम निकालेर तालिममा जाने तयारीमा छन् । प्रहरीले यस सम्बन्धमा शर्मालाई सोधेको थियो । उनले आफ्नो परिचयपत्र हराएको बताएका छन् । 

बुधबार कोटेश्वरबाट पक्राउ परेका शाहीको टोलीले यसअघि नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो । 

उनीविरुद्ध प्रहरीका विभिन्न युनिटबाट मुद्दा चलेको भेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्