
प्रहरीले केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धाराबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका काठमाडौं महानगरपालिका-२६ सामाखुसीका ३१ वर्षीय विशाल महर्जन पक्राउ परेका हुन् ।
उनी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट प्रहरी नायब निरीक्षक विचित्र थापामगरको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा राखेको थियो ।
बिहीबार पक्राउ परेका उनलाई प्रहरी वृत्त लैनचौरले बिहीबार नै केन्द्रीय कारागार जगन्नाथ देवल,सुन्धारा पठाएको छ ।