२४ जेठ २०८३, आइतबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, एकै दिन ७ हजार १ सय रुपैयाँले बढ्यो

असोज ३१, २०८२
काठमाडौं
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकै दिन ७ हजार १ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढेर २ लाख ५८ हजार पुगेको छ । यो अहिलेसम्मको उच्चतम मूल्य हो ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार तोलामा ७५ रुपैयाँले बढेको छ । हाल चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

असोज २८ मा कायम ३ हजार ३२५ रुपैयाँको रेकर्ड तोड्दै चाँदीले पनि नयाँ उचाइ कायम गरेको हो । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्