०५ साउन २०८३, मंगलबार

सामोआविरुद्ध नेपालको उत्कृष्ट शुरूआत, आसिफले बनाए अर्धशतक

असोज ३१, २०८२
काठमाडौं
सामोआविरुद्ध नेपालको उत्कृष्ट शुरूआत, आसिफले बनाए अर्धशतक

आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको ‘सुपर–६’ चरणको आफ्नो अन्तिम खेलमा सामोआविरुद्ध नेपाली टोलीका ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाएका छन् ।

२४ वर्षीय आसिफले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १०औं अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६ सय रन पनि पूरा गरेका छन् ।

आसिफ केवल ३४ बलमा चार छक्का र ६ चौकाको मद्दतले ६९ रन बनाएर आउट भए । नेपालका लागि दुवै ओपनरले ६३ रनको साझेदारी गरे ।

अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए । उनले १५ बलमा एक छक्का र दुई चौका प्रहार गरे । उनी सातौं ओभरको चौथो बलमा आउट भएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएको दीपेन्द्रसिंह ऐरी आठ रन बनाउँदै क्रिजमा छन् ।

यो खेलमा विजयी भए नेपाली टोली छनोट प्रतियोगिताको उपाधिसहित स्वदेश फर्कने छ । नेपालले यसअघि दुईपटक टी–२० विश्वकप खेले पनि छनोट प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन ।

एसिया–प्रशान्त क्षेत्रको जारी छनोट प्रतियोगिताबाट नेपाल, ओमान र यूएईले यसअघि नै सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्