
आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको ‘सुपर–६’ चरणको आफ्नो अन्तिम खेलमा सामोआविरुद्ध नेपाली टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् ।
२५ वर्षीय दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १०औं अर्धशतक हो । दीपेन्द्रले ३१ ब्लमा छक्का हिर्काउँदै आफ्नो अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले चार छक्का र दुई चौका पनि प्रहार गरे ।
यसअघि, ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि अर्धशतक बनाएका थिए । २४ वर्षीय आसिफले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १०औं अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६ सय रन पनि पूरा गरेका छन् ।
यो खेलमा विजयी भए नेपाली टोली छनोट प्रतियोगिताको उपाधिसहित स्वदेश फर्कने छ । नेपालले यसअघि दुईपटक टी–२० विश्वकप खेले पनि छनोट प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन ।
एसिया–प्रशान्त क्षेत्रको जारी छनोट प्रतियोगिताबाट नेपाल, ओमान र यूएईले यसअघि नै सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।