३२ असार २०८३, बिहीबार

सिंहदरबारका सैनिक कमान्डरलाई सेनाले गर्‍यो सोधपुछ

कात्तिक ३, २०८२
काठमाडौं
सिंहदरबारका सैनिक कमान्डरलाई सेनाले गर्‍यो सोधपुछ

सैनिक मुख्यालयले सिंहदरबारमा खटिएका सैनिक कमान्डरलाई सोधपुछका लागि बोलाएको छ ।

सिंहदरबार जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै सेनाको सर्वत्र आलोचना भएपछि त्यहाँ खटिएका कमान्डरसँग मुख्यालयले सोधपुछ गर्न थालेको हो ।

सिंहदरबारमा सेनाको नरसिंह दल गण छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ठूला घटना भइसकेपछि सम्बन्धित ठाउँमा खटिएका कमान्डरसँग पृष्ठपोषणका लागि झिकाइएको हो । 

उनले लोकान्तरसँग भने, ‘ठूला घटना हुन्छन्, हामीले त्यो घटनाको बारेमा आवश्यक जानकारी लिन सम्बन्धित ठाउँमा खटिएका कमान्डरलाई झिकाएर सोधपुछ गर्छौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्