२२ असार २०८३, सोमबार

जापानले पायो पहिलो महिला प्रधानमन्त्री

कात्तिक ४, २०८२
काठमाडौं
जापानले पायो पहिलो महिला प्रधानमन्त्री
EPA via BBC

जापानले इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ ।

सानाए ताकाइची जापानको प्रधानमन्त्री बनेकी हुन् । सत्तारूढ लिबरल डेमोक्रेटिम पार्टीको नेता चुनिएकी ताकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन् ।

६४ वर्षीया ताकाइचीले संसदको तल्लो सदनका चार सय ६५ सदस्यमध्ये दुई सय ३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बहुमतका लागि दुई सय ३३ मत आवश्यक रहेकोमा त्योभन्दा बढी मत पाएपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

ताकाइचीले मंगलबार साँझ नै प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

दुईपटक दलको नेताको निर्वाचन हारेकी ताकाइची गत भदौमा एलडीपीको नेता चयन भएकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको केही दिनअघि ताकाइची जापानको प्रधानमन्त्री बनेकी हुन् ।

बेलायतकी पूर्वप्रधानमन्त्री मारग्रेट थ्याचरकी प्रशंसक ताकाइची जापानमा ‘आइरन लेडी’ का रुपमा चर्चित छिन् ।

salt training

कमेन्ट गर्नुहोस्