
हिन्दूहरूको दोस्रो महान पर्व तिहार आए सँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका मनमोहक देखिएको छ ।
तिहारलाई विशेष गरी उज्यालो पर्वको रुपमा समेत लिने गरिन्छ, उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ । हेरौँ ड्रोनबाट दिइएका केही तस्बिर-














