
सिन्धुलीको दूधौली नगरपालिका- १४ गायोटारबाट ३ थान भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गायोटारकै ५३ वर्षीय कुलबहादुर सुनुवारसहित ३ जना छन् । उनीहरूलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दूधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।