
गायिका प्रताप दास र एलिना चौहानले भाइटीका लगाएका छन् । एलिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भाइटीकालगाएको जानकारीसहितको फोटो सार्वजनिक गरेका हुन् ।
उनीहरुको सम्बन्धबारे सामाजिक सञ्जालमा फलोअर्सहरुले विभिन्न टिप्पणी गर्दै आएका थिए । यस्तो टिप्पणीपछि एलिनाले आफूहरूको सम्बन्ध दाजुबहिनीको रहेको भन्दै तिहारमा भाइटीका लगाउने बताएकी थिइन् । सोहीअनुसार उनले भाइटिका लगाएको तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दाजुबहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज ।