०४ साउन २०८३, सोमबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

दीपेन्द्रसिंह ऐरीले लिए अमेरिकाको पाँचौं विकेट

कात्तिक ९, २०८२
काठमाडौं
दीपेन्द्रसिंह ऐरीले लिए अमेरिकाको पाँचौं विकेट

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।

अमेरिकाको पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।

दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान सायान जहाँगिरलाई ११ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।

दीपेन्द्रले सायानलाई आरिफ शेखमार्फत क्याच गराए । ४०औं ओभरको दोस्रो बलमा जहाँगिर आउट हुँदा अमेरिकाले एक सय ७१ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्