२६ असार २०८३, शुक्रबार

अमेरिका र चीनबीच दुर्लभ खनिज र भटमास खरिद्मा सम्झौताको सङ्केत

कात्तिक ९, २०८२
काठमाडौं
अमेरिका र चीनबीच दुर्लभ खनिज र भटमास खरिद्मा सम्झौताको सङ्केत

चीनले दुर्लभ खनिजहरूको निर्यात प्रतिबन्धलाई ढिलाइ गर्न र अमेरिकी भटमास खरिद पुनः सुरु गर्न अस्थायी सम्झौताका लागि सहमति नजिक पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबार बताएका छन् । 

यो सम्झौता भएमा अमेरिकाले चीनलाई लगाउने भनेको ठूलो कर वृद्धिलाई रोक्नसकिने सङ्केत पनि गरे ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ मा चीनले दुर्लभ खनिजको विश्वव्यापी निर्यात नियन्त्रण गरेमा चीनविद्ध १०० प्रतिशत कर बढाउने चेतावनी दिएका थिए ।, “मलाई लाग्छ कि हामीले यसलाई रोक्यौँं, यो सङ्कट हाललाई टरेको छ,” बेसेन्टले एबीसीको ‘दिस विक’ सँग भने । 

बेइजिङले क्वालालम्पुरमा उपप्रधानमन्त्री हे लिफेङसँगको अमेरिकी प्रतिनिधिमण्डलसँगको वार्तामा व्यापार विवाद कम गर्ने सहमतिका लागि ‘पर्याप्त’ कृषि सामग्रीको खरिद गर्न सहमति जनाएको तर सम्झौतामा हस्ताक्षर भने नभएको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्