२१ असार २०८३, आइतबार

भारतले ब्रह्मपुत्र बेसिनमा ७७ अर्ब डलर खर्च गरेर विशाल प्रशारण लाइन बनाउने

कात्तिक ९, २०८२
काठमाडौं
भारतले ब्रह्मपुत्र बेसिनमा ७७ अर्ब डलर खर्च गरेर विशाल प्रशारण लाइन बनाउने

भारतको विद्युत योजना प्राधिकरणले बढ्दो बिजुलीको माग पूरा गर्न सन् २०४७ सम्ममा ब्रह्मपुत्र नदी बेसिनबाट ७६ गिगावाट जलविद्युत क्षमता प्रवाह गर्ने झण्डै ७७ अर्ब डलर बराबरको प्रसारण लाइन बनाउने योजना अगाडि सारेको छ । 

केन्द्रीय विद्युत प्राधिकरण (सीईए)ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सो प्रसारण लाइनले भारतको उत्तरपूर्वी राज्यहरूका १२ उप–बेसिनहरूमा २०८ ठूला जलविद्युत परियोजना समेट्ने उल्लेख छ । ६४ दशमलव  ९ गिगावाट सम्भावित क्षमता तथा स्टोरेज प्रोजेक्टबाट थप ११ दशमलव  १ गिगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । 

चीनको तिब्बतबाट निस्किएर भारत र बंगलादेश हुँदै बग्ने ब्रह्मपुत्र नदीले भारतीय क्षेत्रमा विशेष गरी चीनको सीमामा रहेको अरुणाचल प्रदेशमा, महत्वपूर्ण जलविद्युत सम्भावना राख्छ ।
भारतमा प्रवेश गर्नुअघि नदीको माथिल्लो भाग यारलुङ्ग जाङ्गबोमा चिनियाँ बाँधले भारतीय क्षेत्रमा सुख्खा मौसममा नदीको प्रवाहलाई ८५ प्रतिशतसम्म घटाउन सक्ने चिन्ता गरिएको छ ।

ब्रह्मपुत्र बेसिन अरुणाचल प्रदेश, आसाम, सिक्किम, मिजोरम, मेघालय, मणिपुर, नागाल्याण्ड र पश्चिम बंगालका केही भागहरूमा फैलिएको छ । ब्रह्मपुत्र वेसिनले भारतको प्रयोग नगरिएको जलविद्युत क्षमताको ८० प्रतिशतभन्दा बढी ओगटेको छ । रिपोर्टमा अरुणाचल प्रदेशले मात्र ५२ दशमलव २ गिगावाट क्षमताको सामर्थ राख्ने उल्लेख छ । 

२०३५ सम्म चल्ने योजनाको पहिलो चरणको लागि १ दशमलव ९१ ट्रिलियन रुपैयाँ आवश्यक पर्नेछ । सीइएका अनुसार दोस्रो चरणको लागत ४ दशमलव ५२ ट्रिलियन रुपैयाँ हुनेछ । 

भारतले फोसियल फ्युलको हिस्सालाई घटाउँदै लगेर स्वच्छ र नवीकरणीय उर्जालाई प्रवद्धन गर्ने नीति लिएको छ । 

एजेन्सीहरूको सहयोगमा 

salt training

कमेन्ट गर्नुहोस्