
फ्रान्सका केही रेल सेवाका केबलहरूमा आगो लगाइदिएपछि सोमबार दर्जनौं उच्च गतिको रेल यात्राहरू अवरुद्ध भएका अधिकारीहरूले बताएका छन्।
यातायात मन्त्री फिलिप टाबारोटले एक्समा लेखेका छन्, “पेरिसलाई दक्षिणी बन्दरगाह शहर मार्सेलीसँग जोड्ने देशको सबैभन्दा धेरै रेल यात्रा गर्ने मुख्य लाइन भ्यालेन्सको दक्षिणमा रातभर ट्रेनलाइन केबलहरूमा ‘जानाजानी आगो लगाइएको र यसले सेवा अवरूद्ध हुन पुगेको छ।”
भ्यालेन्स शहर लियोनको दक्षिणी प्रमुख शहर टुलूसलाई जोड्ने मार्गमा रहेको छ।
।
दोषी को हुन सक्छन् भन्ने बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन।
राष्ट्रिय रेलसेवा सञ्चालक (एसएनसीएफ)ले २५ मिटर लामो क्षेत्रमा १६ केबलहरू बदल्नु पर्ने भएकोले मंगलबार बिहान पहिले यातायात राम्रोसँग सुरु असम्भव देखिएको जनाएको छ ।
यातायात मन्त्रालयले करिब १०० वटा रेलको सेवा प्रभावित भएको जनाएको छ ।