२२ जेठ २०८३, शुक्रबार

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलाश गठन, वरिष्ठताको आधारमा न्यायाधीश तोकिए

कात्तिक १२, २०८२
काठमाडौं
संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलाश गठन, वरिष्ठताको आधारमा न्यायाधीश तोकिए

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा सहितको संवैधानिक इजलाशमा बुधबार पेशी तोकिएको हो । ​

संवैधानिक इजलाशमा वरिष्ठताको आधारमा न्यायाधीशहरू तोकिएका हुन् । ​

जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुनेछ । अधिवक्ता प्रेमराज सिलवाल, कीर्तिनाथ शर्मा पौडेलसहितले रिट दायर गरेका थिए । 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै परेका सबैजसो रिट निवेदनमा राष्ट्रपति रामचन्द्र पौडेलले लिएका निर्णय सच्याउन माग गरिएको छन् ।

त्यसका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश नै मन्त्री बनेर सरकारमा सहभागी बन्नु गलत भएको दाबीसहित सर्वोच्च अदालतको संवैधानिक फाँटमा दर्ता भएका रिट निवेदनहरूमाथि पनि एकमुष्ट सुनुवाइ हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्