३० असार २०८३, मंगलबार

चुनावबाहेक अन्य गतिविधि नगर्न अन्तरिम आदेश दिनुपर्छ– वरिष्ठ अधिवक्ता भण्डारी

कात्तिक १२, २०८२
काठमाडौं
चुनावबाहेक अन्य गतिविधि नगर्न अन्तरिम आदेश दिनुपर्छ– वरिष्ठ अधिवक्ता भण्डारी

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधान संशोधनका लागि पनि प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस गर्दै केसीले यस्तो जिकिर गरेका हुन् ।

'संविधान संशोधनका लागि पनि संसद् पुन:स्थापना हुनुपर्‍यो । त्यसपछि विघटन गर्ने कि के गर्ने संसदले गर्छ । २३ र २४ को घटना फरक हो । दुवै दिनका घटनाका सबै दोषीलाई कारबाही हुनुपर्छ,' भण्डारीले इजलाससमक्ष भने ।

चुनावबाहेक अन्य कुनै पनि गतिविधि नगर्न/नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी हुनुपर्ने समेत उनले बताए ।

लिखित जवाफका लागि पनि विपक्षीलाई जम्मा ३ दिनको समय दिनुपर्ने उनको माग छ ।

उनले पूर्व प्रधानन्यायाधीश र न्यायाधीश कुनै पनि हालतमा मन्त्री र प्रधानमन्त्री बन्न नमिल्ने जिकिर गरे ।

'सुशीला कार्कीले संविधानको निष्ठामा प्रहार गर्नुभयो,' उद्योगमन्त्री अनिल सिन्हातर्फ समेत संकेत गर्दै उनले थपे, 'उहाँहरू यो मन्त्रिपरिषदमा बस्न मिल्दैन । सर्वोच्चले पनि 'अलाउ' गर्ने (अनुमति दिने) हो भने संविधान जीवित नरहेको भनेर बुझ्नुपर्छ,' भण्डारीले थपे ।

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा निरन्तर सुनुवाइ हुनुपर्ने बताए ।

'निरन्तर सुनुवाइ हुनुपर्छ । फागुन २१ गतेलाई चुनावको मिति तोकिएको छ । एउटै मात्र म्यान्डेट चुनाव हो । यो सरकारसँग नेसनलाई गाइड गर्ने अधिकार छैन ।'

salt training

कमेन्ट गर्नुहोस्