२१ जेठ २०८३, बिहीबार
संकट निकासको कार्यदिशा

सर्वपक्षीय सरकारको अवधारणामा दल सकारात्मक छन्, कात्तिकभित्रै निकास- लेनिन विष्ट [भिडियो अन्तर्वार्ता]

कात्तिक १३, २०८२
काठमाडौं

लेनिन विष्टले नेतृत्व गरेको जेनजीको आह्वानमा भएको आन्दोलन समन्वय संघर्ष समितिले वर्तमान संकटको निकासका लागि नयाँ अवधारणा अगाडि सारेको छ ।

राजनीतिक दल, नागरिक समाज र जेनजी प्रतिनिधि सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन गर्ने र त्यसको सिफारिसमा अन्तरिम सरकार गठन गर्नुपर्ने अवधारणा संघर्ष समितिको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूसँग यो अवधारणाबारे छलफल गरिएको र त्यसमा दुई दलले सकारात्मक प्रतिक्रिया जनाएको संयोजक विष्ट बताउँछन् । 

लुकेर बसेका राजनीतिक दललाई निकासका लागि अग्रसर बनाउन यो प्रस्ताव अगाडि सारिएको संयोजक विष्टको भनाइ छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति दलहरूको समर्थन नरहेकाले नयाँ प्रक्रियाबाट सरकार गठन गर्नुपर्ने यो समूहको अवधारणा छ । सर्वपक्षीय सहमतिबाट कार्कीको नाममा सहमति भए उनी प्रधानमन्त्रीमा दोहोरिन सक्ने विष्ट बताउँछन् ।

राजनीतिक दलहरू समेत सहमतिमा आउन सकारात्मक रहेको भनिएको प्रस्तावमा अन्तरिम सरकारलाई १८ महिना दिन प्रस्ताव गरिएको छ ।

राजनीतिक निकासका लागि गरिने सर्वपक्षीय सम्मेलनमा राजावादी समूहलाई समेत समेट्न सकिने विष्टले बताए ।

सर्वपक्षीय अन्तरिम सरकार कसको एजेण्डा हो ?

अन्तरिम सरकारका लागि सर्वसम्मत हुन सक्ने पात्र को हो ?

त्यस्तो सरकारले संकटलाई कसरी पार लगाउँछ ?

राजावादीको भूमिका के हुन्छ ?

यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुहोस् भिडियो अन्तर्वार्तामा :

 

salt training

कमेन्ट गर्नुहोस्