२४ असार २०८३, बुधबार

मुद्रास्फीतिमा नियन्त्रणका बावजुद ब्याजदरमा फेरबदल नहुने

कात्तिक १३, २०८२
काठमाडौं
मुद्रास्फीतिमा नियन्त्रणका बावजुद ब्याजदरमा फेरबदल नहुने

व्यापार विवाद र भूराजनीतिक तनावको बीचमा ‘अनिश्चित’ आर्थिक दृष्टिकोणलाई मध्यनजर राख्दै युरोपेली केन्द्रीय बैङ्क (इसिबी)ले बिहीबार ब्याज दरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ। 

एक वर्ष लामो ब्याजदर समायोजन (कटौती) को श्रृङ्खलापछि इसिबीले जुलाईदेखि आफ्नो प्रमुख निक्षेप दर दुई प्रतिशतमा स्थिर राखेको छ।

दुई प्रतिशतको लक्ष्यको वरिपरि मुद्रास्फीति रहेको भएपनि युरोपेली केन्द्रीय बैङ्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी आयातमा शुल्क वृद्धिको घोषणालाई सुरुमा सोचेको भन्दा राम्रोसँग सामना गर्न सकिएको बताएको छ। 

“मुद्रास्फीति दुई प्रतिशतको मध्यम लक्ष्यको नजिक रहेको छ र मुद्रास्फीतिबारे गभर्निङ काउन्सिलको मूल्याङ्कन उल्लेख्य अपरिवर्तित छ,” इसिबीको विज्ञप्तिमा उल्लेख छ। 

अधिकारीहरूले बैठकअघि दरमा थोरै परिवर्तन हुने सङ्केत दिएका थिए तर अन्त्यमा त्यसो भएन । 

स्पेनको केन्द्रीय बैङ्कका प्रमुख तथा इसिबीको ब्याजदर निर्धारण गभर्निङ काउन्सिलका सदस्य जोसे लुइस एस्क्रिभाले एल डियारियो पत्रिकालाई दिएको अन्तर्वार्तामा भने, “ब्याजदरको वर्तमान स्तर उपयुक्त छ ।
 
इसिबीका अधिकारीहरू इटालीको फ्लोरेन्समा भेला भएका थिए, केन्द्रीय बैङ्कको फ्र्याङ्न्कफर्ट मुख्यालयबाट टाढाको उनीहरूको नियमित भ्रमणमा सबैको आँखा अब राष्ट्रपति क्रिस्टिन लेगार्डको प्रेस सम्मेलन र दरहरूको भविष्यको प्रक्षेपणमा कुनै सङ्केतमा हुनेछ।

इसिबीको विपरीत अमेरिकी फेडरल रिजर्भले श्रम बजारमा असर पर्ने चिन्ताबीच फेरि ऋण लागत घटाउन सुरु गरेको छ र बुधबार आफ्नो दोस्रो सीधा बैठकको लागि दरहरू एक चौथाई बिन्दुले कटौती गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्