०४ साउन २०८३, सोमबार

निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई शहरी विकास विभागको १५ दिनको स्पष्टीकरण माग

कात्तिक १४, २०८२
काठमाडौं
निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई शहरी विकास विभागको १५ दिनको स्पष्टीकरण माग

शहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना, चितवनले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदार तीन कम्पनीलाई १५ कार्यदिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

आयोजनाले शुक्रबार “ठेक्का तोड्ने सम्बन्धी अत्यन्त जरुरी सूचना” प्रकाशित गर्दै तोकिएको समयसीमाभित्र काम सम्पन्न नगरेका निर्माण व्यवसायीहरूलाई अन्तिम चेतावनी दिएको हो।

सूचनामा भनिएको छ, “तपशिलमा उल्लिखित निर्माण व्यवसायीहरूले सम्झौताअनुसार तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको, पटक–पटक लिखित र मौखिक निर्देशन दिँदादिँदै पनि कार्यप्रति तदारुकता नदेखाएको पाइएकाले सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र ठेक्का सम्झौता बमोजिम ठेक्का किन नतोड्ने भन्ने स्पष्टीकरण १५ कार्यदिनभित्र पेश गर्नू।”

निर्धारित समयभित्र ठेकेदार स्वयं उपस्थित भई उचित कारणसहित जवाफ नदिएमा ठेक्का सम्झौताका शर्तअनुसार कारबाही अघि बढाइने चेतावनी समेत सूचनामा दिइएको छ।

salt training

कमेन्ट गर्नुहोस्