११ साउन २०८३, सोमबार

सुडानी शहरमा अर्धसैनिक बलको कब्जा, ६० हजार बढी मानिसहरू पलायन

कात्तिक १५, २०८२
काठमाडौं
सुडानी शहरमा अर्धसैनिक बलको कब्जा, ६० हजार बढी मानिसहरू पलायन

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार, अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)ले कब्जा गरेदेखि सुडानी शहर अल-फाशरबाट ६० हजारभन्दा बढी मानिसहरू भागेका छन् ।

१८ महिनाको घेराबन्दी पछि आरुएसएफ लडाकुहरू शहरमा प्रवेश गरेका हुन्, जुन समयमा शहरले भोकमरी र निरन्तर बमबारी सामना गरेको थियो । 

शहर कब्जा गरेपछि सामूहिक हत्या र मानवता विरुद्धको अपराधका रिपोर्टहरू पनि देखा परेका छन् ।

यूएनसीएचआरका प्रवक्ता युजीन ब्युनले हिंसाबाट भागेर पश्चिममा लगभग ८० किलोमिटर टाढा रहेको तविला शहरमा हालका दिनहरूमा मानिसहरूको संख्या बढेको छ ।

उनका अनुसार विस्थापित मानिसहरूले बलात्कार सहितको भयानक अत्याचारहरू बताइरहेका छन् र एजेन्सीलाई उनीहरूका लागि पर्याप्त आश्रय र खानाको व्यवस्था गर्न कठिनाइ भइरहेको छ । प्रत्येक बच्चा कुपोषणबाट पीडित छ।

अल-फाशर शहरमा डेढ लाखभन्दा बढी मानिसहरू अझै पनि फसेका छन् । यो शहर पश्चिम डार्फर क्षेत्रमा सेनाको अन्तिम गढ थियो ।

सुडानमा शक्ति संघर्ष  र देशको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ जारी छ।

salt training

कमेन्ट गर्नुहोस्