
भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलमस्थित काशीबुग्गा वेंकटेश्वर मन्दिरमा भागदौड हुँदा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो महिला छन् ।
शनिबार एकादशीको समयमा भएको भागदौडमा धेरै घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रारम्भिक रिपोर्ट अनुसार, भारी भीडका कारण रेलिङ भत्किएको हो । घाइते भक्तहरूलाई अस्पताल लगिएको छ । अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने डर व्यक्त गरेको दैनिक भास्करले रिपोर्ट गरेको छ ।
श्रीकाकुलम वेंकटेश्वर मन्दिर आन्ध्र प्रदेशको एक प्रसिद्ध र प्राचीन मन्दिर हो । यसलाई उत्तर तिरुपति पनि भनिन्छ । यहाँ भगवान विष्णुको पूजा गरिन्छ ।
प्रत्येक वर्ष एकादशी, कार्तिक महिना र अन्य चाडपर्वहरू जस्ता विशेष अवसरहरूमा हजारौं भक्तहरू यहाँ भेला हुन्छन् ।