३१ असार २०८३, बुधबार

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

कात्तिक १५, २०८२
म्याग्दी
गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्यागदीका अनुसार प्रसूति व्यथा लागेर मराङ स्वास्थ्य चौकी आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरमार्फत उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्‍याइएको हो ।

गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्