
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा शनिबारको खेलमा नेपालले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले तेस्रो विकेट गुमाएको हो ।
अमेरिकाको तेस्रो विकेट नन्दन यादवले लिएका हुन् । उनले अमेरिकी टोलीका कप्तान मोनांक पटेललाई पेभेलियन फर्काए । नन्दनले मोनांकलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका मोनांकले २८ बलमा दुई चौकाको मद्दतले २१ रन बनाए । २१औँ ओभरको पाँचौँ बलमा मोनांक आउट हुँदा अमेरिकाले ९५ रन बनाएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालीले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनाएको थियो ।