१३ असार २०८३, शनिबार

बाह्रबीसे नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

कात्तिक १६, २०८२
काठमाडौं
बाह्रबीसे नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकामा छापा मारेको छ ।

आयोगको विशेष टोलीले आइतबार अपरान्ह नगरपालिकामा छापामारी कागजात नियन्त्रणमा लिएको हो ।

नगरपालिकामा अनियमितता बढेको पटक-पटक गुनासो आएपछि छापा मारिएको आयोग स्रोतले लोकान्तरलाई बतायो ।

भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले करिब ५ करोड लिएको आरोपसहितको गुनासो आयोगमा पुगेको थियो ।

अस्पतालका लागि भनेर लगेको रकम मेयर बस्नेतले हिनामिना गरेको आरोप छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार बाह्रबीसे नगरपालिकामा छापा मार्न टोली पुगेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्