०८ असार २०८३, सोमबार

नेप्सेको वृद्धिमा ब्रेक, ८ अंकले घट्यो परिसूचक

कात्तिक १७, २०८२
काठमाडौं
नेप्सेको वृद्धिमा ब्रेक, ८ अंकले घट्यो परिसूचक

केही दिनयता उकालो यात्रामा रहेको शेयर बजारमा सोमबार गिरावट आएको छ ।

नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा झरेको छ ।

१ करोड २१ लाखभन्दा बढी शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड बराबरको कारोबार भएको छ ।

कारोबारका हिसाबले सोमबार शिभम् सिमेन्ट, एनआरएन, राधी, एसपीडीएल, यूएनएचपीएल अगाडि रहे । 

गिरावटका बीच पनि मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि देखियो । इस्टर्न हाइड्रो पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आयो ।
 

salt training

कमेन्ट गर्नुहोस्