२९ असार २०८३, सोमबार

कोशीमा कांग्रेसका मन्त्रीले राखे, मुख्यमन्त्रीसहित एमालेका मन्त्रीको कार्यकक्षमा छैन प्रधानमन्त्रीको तस्वीर

कात्तिक १८, २०८२
विराटनगर
कोशीमा कांग्रेसका मन्त्रीले राखे, मुख्यमन्त्रीसहित एमालेका मन्त्रीको कार्यकक्षमा छैन प्रधानमन्त्रीको तस्वीर

कोशी प्रदेशको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई सांकेतिक रूपमा अस्वीकार गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमालेबाट मन्त्री बनेकाहरूले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री कार्कीको तस्वीर राखेका छैनन् । यसअघि संघीय सरकारले सल्लाहकार तथा प्रदेश सांसदका स्वकीय सचिव हटाउने निर्देशनलाई मुख्यमन्त्री कार्कीले अस्वीकार गरेका थिए ।

परम्परागत रूपमा, सरकारी कार्यालयहरूमा राष्ट्र प्रमुख (राष्ट्रपति) र सरकार प्रमुख (प्रधानमन्त्री)को तस्वीर राख्ने प्रचलन छ । तर कोशी प्रदेशमा ‘जेनजी’ आन्दोलनपछिको राजनीतिक फेरबदलसँगै कतै तस्वीर राखिएको छ, कतै छैन तथा कतै राष्ट्रपति रामचन्द्र पौडेलको मात्रै तस्वीर राखिएको छ, प्रधानमन्त्रीको छैन । कार्यकक्षमा तस्वीर राख्नै पर्ने कानूनी व्यवस्था भने छैन ।

मुख्यमन्त्री कार्कीको कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको शुसीला कार्की दुवैको तस्वीर छैन । उनीसँगै मुख्यमन्त्री कार्यालयमै रहेकी राज्यमन्त्री सिर्जना राईको कार्यकक्षको अवस्था पनि उस्तै छ । यसअगाडि भने दुवै जनाको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राखिएको थियो । यसअघिको मुख्यमन्त्री कार्यालयको भवनमा आगजनी भएपछि कम्पाउन्डभित्र नै रहेको अर्को भवनमा कार्यालय सारिएको छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको कार्यकक्षमा राष्ट्रपतिको फोटो छ । तर, प्रधानमन्त्री कार्कीको फोटो छैन । यस विषयमा मन्त्री भण्डारीले फोटो नभेटिएकाले नराखेको जवाफ दिए ।  उनले भने, ‘जेनजी आन्दोलनपछि मन्त्रालय अस्तव्यस्त थियो ।  त्यसपछि चाडपर्व पनि शुरू भइहाल्यो ।  पहिला प्रधानमन्त्रीको फोटो नै भेटिएन ।’

null

तर, यही सरकारमा सामेल नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका भुपेन्द्र राईको कार्यकक्षमा भने राष्ट्रपति र प्रधानमन्त्री दुवैको फोटो राखिएको छ ।

यसअघि संघीय सरकारले प्रदेशका मन्त्री तथा सांसदको स्वकीय सचिवको सुविधा कटौती गर्न निर्देशन दिएको थियो ।  तर, मुख्यमन्त्री कार्कीले उक्त निर्देशनलाई ठाडै अस्वीकार गर्दै संघीयताको मर्मविपरीत भएको र प्रदेशको अधिकारमाथि हस्तक्षेप भएको भन्दै कडा प्रतिवाद गरेका थिए । उनले संघीय सरकारले प्रदेशको स्वायत्ततामाथि अंकुश लगाउन खोजेको आरोप लगाउँदै स्वकीय सचिव नहटाउने अडान लिएका थिए । अहिलेसम्म पनि स्वकीय सचिवहरूले जागिर खाइरहेका छन् र तलब नियमित गैरहेको छ । 

null

सरकारले कानूनमा रहेको अनुसूचीको व्यवस्था खारेज नगरेकाले तलब रोक्न बाध्य नभएको प्रदेशसभाका कर्मचारी बताउँछन् । प्रदेशसभाका कर्मचारीहरूले संघीय सरकारको निर्णयअनुसार तलब रोक्नुपर्ने अडान राखेका थिए । तर, सरकारको तलब निकासा दिने दबाबका कारण सबैको खातामा तलब भुक्तानी गरिएको कर्मचारीहरूको दाबी छ ।

खर्च कटौती गर्ने संघीय सरकारको निर्णय र परिपत्रपछि गण्डकी र बाग्मती प्रदेशमा प्रदेशसभा सदस्यका स्वकीय सचिवको तलब सुविधा भने रोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्