
विद्युतीय सवारी साधनका पारखी धिरेनमान श्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सम्पन्न गरेका छन् ।
उनले काठमाडौंबाट लोमानथाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्म यात्रा गरेका हुन् ।
यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै चुनौतीपूर्ण भू–भागहरूमा समेत सहज रूपमा यात्रा गर्न सक्छ भनेर प्रमाणित गरेको उनको भनाइ छ ।
'मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कुटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ,' श्रेष्ठले भने, 'काठमाडौंको व्यस्त सडकदेखि लोमानथाङका उकाली–ओराली मार्ग र कोरला सीमासम्म, चेतक ईभीले एकदम उत्कृष्ट प्रदर्शन गर्यो । यसको स्मूथ पावर डेलिभरी, प्रभावशाली रेन्ज र उच्च गुणस्तरको सस्पेन्सनले यो यात्रा सम्भव मात्र होइन, आनन्ददायी पनि बनायो ।'

लोमानथाङ यात्रा नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए ।
चेतकसँगको यात्राले ईभीहरू शहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम रहेको उनको अनुभव छ । 'यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीका लागि तयार छ भन्ने प्रमाणित गर्छ,' उनले थपे ।
चेतक ईभीले नेपालमा व्यक्तिगत गतिशीलताको परिभाषा परिवर्तन गर्दै प्रयोगकर्ताहरूलाई आराम, स्टाइल र प्रदर्शनमा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प उपलब्ध गराएको छ ।
बजाज चेतक ईभी दक्षता, टिकाउपन र स्टाइलका लागि डिजाइन गरिएको एक प्रिमियम इलेक्ट्रिक स्कुटर हो ।
यसको सहज सवारी अनुभव र वातावरणमैत्री प्रविधिले नेपालमा शहरी तथा साहसिक यात्राको नयाँ पुस्ता प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

