२५ जेठ २०८३, सोमबार

जोनाथन बेली बने विश्वकै आकर्षक पुरुष

कात्तिक १९, २०८२
काठमाडौं
जोनाथन बेली बने विश्वकै आकर्षक पुरुष

अमेरिकाको लोकप्रिय पत्रिका पीपल म्यागजिनले वर्ष २०२५ का लागि विश्वकै‘आकर्षक पुरुष’ घोषणा गरेको छ । यो वर्ष उक्त उपाधि ब्रिटिस अभिनेता जोनाथन बेलीले प्राप्त गरेका छन् । बेली सार्वजनिक रूपमा आफू समलिङ्गी भएको स्वीकृति दिएका अभिनेता हुन् ।

म्यागजिनले बेलीको तस्बिर र  कुकुर बेन्सनसहितको अर्को विशेष आवरण पनि प्रकाशित गरेको छ ।

पीपल म्यागजिनले हरेक वर्षजस्तै यसपटक पनि चर्चित अभिनेता मध्येबाटै यो उपाधि चयन गरेको हो । 

गत वर्ष यो उपाधि अभिनेता जोन क्रासिन्स्कीले पाएका थिए । पत्रिकाका अनुसार उपाधि पाउनका लागि केवल आकर्षक रूप नै पर्याप्त हुँदैन, व्यक्तित्व, सामाजिक संलग्नता र सकारात्मक प्रभाव पनि विचार गरिन्छ ।

‘आकर्षक पुरुष’ उपाधिको आर्थिक मूल्य भने अहिलेसम्म अज्ञात छ । पत्रिकाले न त विजेतालाई तलब दिन्छ न विजेताबाट शुल्क लिन्छ।

पीपल म्यागजिनले यसपटकका अन्य विशेष उपाधिहरू पनि घोषणा गरेको छ । खेल क्षेत्रमा ‘Sexiest New Dad in Sports’ का रूपमा क्रिस्टियन म्याक्काफ्री र ‘Sexiest Cat Dad’ का रूपमा अभिनेता डेभ फ्रान्को चयन भएका छन् ।

यो परम्परागत उपाधिलाई हलिउडको एक रोचक, मनोरञ्जक र कहिलेकाहीँ “शापित” मानिएको परम्पराको निरन्तरता मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्